खबर

सार्क मुलुकबीच सहकार्यमा जोड

मंसिर २४, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औँल्याएका छन् ।

सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले महामारीको परिस्थितिबाट सामूूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको महत्त्वमा जोड दिइरहेको छ भने ।

कोभिड महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै उनले महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, यस क्षेत्रका मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सार्क मुलुकको सन्दर्भमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताका साथ ठोस कार्यसँगै अगाडि बढ्ने समय आइसकेको समेत प्रस्ट पारे । सो क्रममा उनले अवरुद्ध सार्क शिखर सम्मेलन सुचारु गर्न नयाँ सुरुवात गर्दै प्रारम्भिक बैठक गरेर जनतामा आशा जगाइ अगाडि बढ्ने अवसर प्रदान गर्न सकिने बाटोसमेत देखाए ।

सार्क दिवसमा उनले दिएको शुभकामना सन्देशमा सार्क बडापत्रले दक्षिण एसियाकोे साझा दृष्टिकोण, सामूूहिक सङ्कल्प र पारस्परिक प्रयास मार्फत यस क्षेत्रको गरिबी उन्मूलन, तीव्र आर्थिक वृद्धि र सामाजिक–सांस्कृतिक विकासको प्रगतिको माध्यमबाट स्थायित्व र समृद्धि प्रवद्र्धन गर्न जोड दिएको बताए ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button