खेलकुद

चेल्सी रोकियो, सेभिया विजयी

मंसिर २४, २०७७

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा समूह ‘ई’ बाट नकआउट चरणमा स्थन सुरक्षित गरिसकेको लन्डन क्लब चेल्सी रसियन क्लब क्रास्नाडोरसँग बराबरीमा रोकिदा स्पेनिस क्लब सेभियाले सहज जित निकालेको छ ।

यो समूहबाट चेल्सीले ६ खेलबाट १४ अंक जोड्यो । सेभियाले १३ अंक तथा क्रास्नोडरले ५ अंक जोड्दै युरोपा लिगको प्ले अफलाई स्थान पक्का गर्दा रेनेस १ अंकमा सीमित बन्यो ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले क्रास्नाडोरसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु टोली चेल्सी २४औं मिनेटमा रेमी कावेलाको गोलबाट पछि परेको थियो । उनले भिक्टोर क्लाइसनको पासमा गोल गरेका थिए ।

तर, क्रास्नाडोरको त्यो अग्रता लामो समय टिकेन । २८औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ट्याम्मी अब्राहमलाई पेनाल्टी बक्समा काइओले फल गरेपछि प्राप्त पेनाल्टीमा जर्गिन्हो चुकेनन् ।

३०औं मिनेटमा काई हार्भटजको पासमा ट्याम्मी अब्राहमको हेडरलाई क्रास्नोडरका गोलरक्षक गारोडोेभले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा काई हाभर्टजको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुक्यो । दोस्रो हाफमा दुवै टोलीले गोलको केही सुवर्ण अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यही समूहको अको खेलमा सेभियाले रेनेसमाथि ३–१ को सहज जित निकाल्यो । सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा जुलेस कोउन्डेले एक गोल गरे । घरेलु टोली रेनेसका जर्जिनियोरुटेरले एक गोल फर्काए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button