खेलकुद

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग बाहिर

मंसिर २४, २०७७

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएसँगै युनाइटेड समूह चरणबाटै बाहिरिएको हो । यो समुह ‘एच’ बाट लाइप्जिगसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ले नकआउट चरणमा स्थान पक्का गर्दा युनाइटेड युरोपा लिगमा खुम्चिएको छ ।

लाइप्जिगले १२ अंक जोड्यो । पराजित युनाइटेडले ९ अंक जोड्यो । यही समूहको अर्काे खेल पीएसजी र इस्तानबुल बेसाकसेहिरबीचको खेल भने जातीय दुर्व्यहार भएको भन्दै १५ मिनेटपछि नै स्थगित हुन पुगेको थियो ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लाइप्जिगको जितमा एन्जेलिनो, एमाडोउ हैडारा र जस्टिन क्लुभर्टले गाल गरे । ब्रुनो फर्नान्डेस र पल पोग्वाले गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै एन्जेलिनोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका लिए । उनले मार्सेल सबित्जरको पासमा गोल गरेका थिए । १३औं मिनेटमा एमाडोउ हैडाराले एन्जेलिनोको पासमा गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा विली ओर्वानले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ६९औं मिनेटमा जस्टिन क्लुभर्टले एमाडोउ हैडाराको पासमा गा्ल गरेपछि लाइप्जिग सहज जिततर्फ अग्रसर बनेको थियो ।

खेलमा ३–० ले पछि परेपनि युनाइटेडले त्यसपछि लगातार दुई गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यो जितको लागि पर्याप्त भएन । ८०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । मासन ग्रीनवुडलाई पेनाल्टी बक्समा कोनाटले लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेस चुकेनन् ।

८२औं मिनेटमा पल पोग्वाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा युनाइटेड पराजित हुन बाध्य बन्यो।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button