खेलकुद

लिभरपुलको अर्काे बराबरी

पुस १६, २०७७

एजेन्सी – शीर्षस्थानमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अर्काे बराबरीको नतिजा निकालेको छ ।

अघिल्लो खेलमा वेस्ट ब्रमसँग १–१ गोलको बराबरी खेलेले लिभरपुलले बुधबार राति न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । सेन्ट जेम्स पार्कमा बुधबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध लिभरपुलले ७४ प्रतिशत बल पोसेन राखेपनि न्युक्यासको बलियो रक्षापङ्तिलाई तोड्न सकेन ।

खेलको पाँचौ मिनेटमा नै घरेलु टोलीले अग्रता लिने सुन्दर मौका गुमाएको थियो । मर्फीको फ्रिकिकमा विल्सनको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो । १३औं मिनेटमा न्यु क्यासलले अर्काे मौका गुमायो । ३४औं मिनेटमा मोहम्मद सलाहको प्रहारलाई गोलरक्षक कार्ल डार्लाेले उत्कृष्ट बचाउ गर्दै लिभरपुलको अग्रता टारे ।

पहिलो हाफको इन्ज्युरी समयमा डार्लाेले नै साडियो मानेको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै खेललाई गोलरहित अवस्थामा राखे । ५४औं मिनेटमा मानेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा सलाहको प्रहार बाहिरिदा लिभरपुलले अग्रता लिन सकेन।

६८औं मिनेटमा फिर्मिनोको हेडर बाहिरियो । ७९औं मिनेटमा न्युक्यासलका सियरन क्लाले अवसर खेर फाले । ८१औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासलाई मानेले नियन्त्रणमा लिन नसकेको बललाई स्चरले बचाए । ८८औं मिनेटमा डार्लाेले अर्काे उत्कृष्ट बचाउ गर्दै लिभरपुललाई निराश पारे ।

यो बराबरीले लिभरपुल शीर्षस्थानमा यथावत रहेपनि आफ्नो शीर्षतामा थप पकड बनाउन सकेन । लिभरपुलको १६ खेलबाट ३३ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ३० अंक छ । अब म्यानचेस्टर युनाइटेडलाई अंक बराबरी गर्ने अवसर छ । १४औं स्थानमा रहेको न्युक्यासलको १९ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button