
शुभद्रा भट्टराई(अर्याल)
कविता
समयको अन्तरालसँगै
जीवनका केही
अनकन्टार मोडहरूमा
थुप्रै जंघार काटेर
अनभिज्ञ यात्री बनेर हिँडिरहे
पूजिरहे कुलदेवता मानेर
उसका अनेकन रूपहरूलाई
दुखेको मुटुमा मलहम लगाउँदै
हरेकपल बनिरहे
टाउको बिसाउने सिरानी
गरिरहे स्तुति गान
बनेर सारथि कृष्णले जस्तै
हाँकीरहेँ
भरोसा र विश्वासको रथ
तर,
पैयाँ फुस्केर
लगाम छुटेको भेउ नै पाईन । २०७७,१०,३


