सृजनाको चौतारी

आवश्यक्ता

पसिनासँग जमिन साट्न
हलो जोते
हलो नै खोसिए पछि
कहाँ जोत्नु र जमिन
कहाँ फलाउनु सर्वहाराको अनाज
भनिदिनुस कामरेड
मैले जमिन जोत्ने हलो
मृत्युु पछि मलाई
पुर्न पुग्ने जमिन
कुन माक्सर्ले दिन्छन्
कुन लेलिनले पढाई दिन्छन्
मेरा छोरा छोरी
र कहाँ
जोत्नु मैले सम्वृद्दिको खेत।
न म तिम्रो
झोले कार्यकर्ता
न म तिम्रो ससुरालीको नाता
म त तिम्ले जप्ने
विचारको सर्वहारा मतदाता न हुँँ
कैले तिर्छौ मेरो मतको मुल्यरु
कैले फर्काउछौ मैले हलो जोतेको कुत रु
तिमी भूमिगत हुँदा
मैले पुन्की स्वरूप ल्याएको
कोदो र फापरको पीठो खाएर
तिमी माक्र्सवाद पढ्थ्यौ
म माक्र्सवादको ढाकर बोकेर
समाज पढ्थे र चटाउथे ब्रुजुवालाई नुन।
अहिले मलाई
जिर्ण रोग लागेर
न नुन खान हुन्छ न चिनी
म उही फापरकोे ढिडो
खाएर पर्खदै छु
टारी खेतको रोपाई
मलाई माक्र्सवाद रोप्न
जमिन चाहिएको छ
लेलिन उमार्न
मेरो खोसीएको हलो चाहिएको छ
विन्ति छ कमरेडहरू
मलाई शसस्त्र युद्धमा मारिएको
प्रिय साथीको सपना
फिर्ता चाहिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button