खबर

मोदीको भ्रमणविरुद्ध बंगलादेशमा विरोध प्रदर्शन, ४ को मृत्यु (तस्वीरसहित)

१४ चैत्र २०७७
काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने भएपछि बंगलादेशमा विरोध प्रदर्शन गरिएको छ ।शुक्रबार भएको विरोध प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको विरोध प्रदर्शन र झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।

Protestors clash with security officers during a protest against the visit of Indian Prime Minister Narendra Modi in Dhaka, Bangladesh, Thursday, March 25, 2021. Protestors denounced the upcoming visit of Indian Prime Minister Narendra Modi to join the celebration of the country’s 50th anniversary of independence. (AP Photo/Mahmud Hossain Opu)

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा भने कि अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको छ ।

अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ। हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाए । यद्यपि, प्रहरीले गोली चलाए नचलाएको बारेमा भने स्वतन्त्र रुपमा पुष्टि भैसकेको छैन ।

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए । भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेका छन्।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button