मूल खबरस्वास्थ्य

एकैदिन थपिए १०१५ कोरोना संक्रमित, आठ जनाको मृत्यु

कूल संक्रमितमध्ये ११२ जना बालबालिका
५ बैशाख २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १५ कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङअनुसार नेपालमा आजसहित कुल संक्रमितको संख्या दुई लाख ८४ हजार ६ सय ७३ पुगेको छ। पाँच हजार ८४ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार १५ जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामै दुई सय ६२ जना संक्रमणमुक्त भएका छन्। यससँगै कुल संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७५ हजार तीन सय पुगेको छ। यो भनेको कुल संक्रमितको ९६।७ प्रतिशत हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। योसहित कुल मृत्यु तीन हजार ८३ पुगेको छ। हाल नेपालमा ६ हजार दुई सय ९० जना आइसोलेसनमा रहेका छन् भने ८५ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै कूल संक्रमितमध्ये ११२ जना बालबालिका मात्रै रहेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button