खबर

जनरल इन्स्योरेन्स घोटाला : अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं, बैशाख ६, २०७८
लगानी निर्देशिकाभन्दा बाहिर रहेर शेयरबजारमा लगानी गरेको आरोपमा निलम्बन भएका जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई बीमा समितिले स्पष्टीकरण पनि सोध्ने तयारी गरेको छ । समितिले गत शुक्रवार अग्रवाललाई कम्पनीको सञ्चालक सदस्यबाट निलम्बन गरेको थियो । अब, छिट्टै स्पष्टीकरण पनि सोध्ने बीमा समितिको तयारी छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भएको बताए । ‘नियमनको क्रममा लगानी निर्देशिकाले तोकेको भन्दा बाहिर गएर लगानी गरेपछि केही दिनअघि मात्रा कम्पनी सञ्चालक सदस्य अग्रवाललाई निलम्बन गरेका थियौं । अब छिट्टै यस सम्बन्धमा स्पष्टीकरण पनि सोध्नेछौँ,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएमा आवश्यक प्रक्रिया पूरा गरेर पदमुक्त गर्न पनि सकिनेछ।’ चित्तबुझ्दो जवाफ आएमा यस निर्णयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।

समितिको स्थलगत निरीक्षणका क्रममा कम्पनीले लगानी निर्देशिका २०७५ भन्दा बाहिर गएर शेयरबजारमा लगानी गरेको देखिएपछि अग्रवाललाई निलम्बन गरेको थियो । अग्रवाल कम्पनीको सञ्चालक सदस्य मात्र नभएर लगानी समितिका संयोजक पनि हुन् । उनकै संलग्नतामा लगानीसम्बन्धी अनियमितताहरू भएको बीमा समितिको भनाइ छ । आर्थिक अभियान दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button