सृजनाको चौतारी

यो जिन्दगी

गजल

दुई खोलीको तिर जस्तै भयो यो जिन्दगी
उक्लन नस्क्ने भिर जस्तै भयो यो जिन्दगी
केभयो ?संसार कोठामै खुम्च्यायो कोरोनाले
असंख्य घाउको पिर जस्तै भयो यो जिन्दगी

सजाईएका सपनाहरु अन्धकारमा रुमलिएझैँ
पत्थरझैँ मौन बस्ने धिर जस्तै भयो यो जिन्दगी
ताना बुना कस्नु थिए झन तुन्नु थिए कति कति
अरुलेखाँदाअघाएको खिर जस्तैभयो योजिन्दगी

मझधारमा अल्झिएको डुङ्गाझैँ न वारि न पारि
सर्वस्व लुटिएको शिर जस्तै भयो यो जिन्दगी
यस्तै अनेक भोगाइका पराकाष्टहरु मुर्झाउँने
मुटु ,कलेजोउनेको झिर जस्तै भयो यो जिन्दगी

तारा पौडेल ‘ अबिरल’
सुर्योदय नगरपालिका ३
इलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button