कृषि र किसान

व्यवसायीक कागती खेती गर्ने तरिका

कागती एकप्रकारको रसिलो र अमिलो फल हो। यो काडेदार बोटमा फल्ने गर्दछ। यसको रसमा भिटामिन सि प्रसस्त हुने भएकाले यसका अत्यन्त धेरै स्वास्थ्य सम्बन्धि फाइदा हरु हुन्छन् ।कागती को रस को सेवन ले पाचन प्रणाली लाई चुस्त राख्ने तथा अजिर्ण हटाइ खाना रुचाउन मद्दत गर्दछ। त्यसैगरी कागती दाद रोग, घाँटी बसेको, ओठ फुटेको, रुघाखोकी, फियो बडेको, ढाड दुखेको, मोटोपना, चाया परेको जस्ता विभिन्न समस्या को उपचार मा प्रयोग हुन्छ। कागती को अमिलो रसले खाना स्वादिष्ट बनाउने हुदा यो दैनिक उपभोग मा निकै लोकप्रिय छ। यो अचार बनाउन र साबुन उध्योग मा पनि प्रयोग हुने गर्दछ।

कागती येस्तो बहुगुणी फल भएकाले यसको बजारमा ठूलो माग छ र यसको व्यवसाहिक खेतीमा लाग्ने हरुको संख्या बिस्तारै बड्दै छ। तर नेपाल मा हुने उत्पाद्न माग भन्दा धेरै नै कम भएको ले भारत बाट ठूलो मात्रा मा भित्रिने गरेको छ। त्यसैले कागती खेती प्रचुर सम्भाव्यता बोकेको खेती हो।

हावापानी

कागती खेती का लागि वर्ष भरी नै न्यानो र ओसिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुसारो नपर्ने उपोष्ण प्रदेश (१०० मिटर देखि १८०० मिटर सम्म) को हावापानी उपयुुक्त हुने गर्दछ।

माटो

पानी नजम्ने प्रशस्त प्राङ्गारिक पदार्थ भएको, ५.५–६.५ पि.एच भएको दोमट माटो कागती खेती को लागि उत्कृष्ट हुन्छ।

बिरुवा लगाउने तरिका

सर्वप्रथम त खेती गर्ने जग्गामा उपयुक्त रेखांकन गरि बैशाख महिना तिर २–३ घनफिट का खाडल हरु खन्नु पर्द्छ। प्रती खाडल ५० ग्राम युरिया, ५० ग्राम डिएप र २५ ग्राम पोटास माटो मा मिसाएर जेठमा खाडल पुर्नुपर्छ। असारमा प्रती खाडल मा एउटा का दरले कागतिका बिरुवा रोप्नुपर्छ।

सिंचाइ

माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ। पानी लामो समय बोटको फेदमा जमेमा जरा कुहिने समस्या देखिने हुदा अत्याधिक पानी जम्न दिनुहुदैन।

मलखाद

कागतीको १–३ बर्षको बिरुवालाई प्रती बिरुवा २० के.जि. गोबरमोल,१०० ग्राम युरिया, ५० ग्राम डिएपी र १०० ग्राम पोटस बोट ओरिपरी कुलेसो बनाइ राखि खरपातले छोपी सिंचाइ गर्नु पर्दछ।

काँटछाँट

कागती को बोट लाई प्रत्येक १–२ बर्षमा काँटछाँट गरि उप्युक्त आकार मा राख्नुपर्द्छ। यसको काँटछाँट वसन्त याममा वा फुल लाग्नु अघि गर्न सकिन्छ। कागती बगानमा निकै झार उम्रने भएकाले समय समय मा गोड्मेल गरिरहनु पर्दछ।

फल

सामान्यतः कागती ले ३ वर्ष देखि फल उत्पाद्न गर्न सुरु गर्छ। यसको एउटा बोट मा औसतमा ५००–१५०० दाना लाग्ने गर्छ। विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।

नेपालमा पाइने कागती का प्रजातीहरु

१.सुनकागती १

३४.५ मे. ट./ हे उत्पादन क्षमता भएको यो कागती तराई ,भित्री तराई र निम्न पहाड मा राम्रो फल्ने गर्दछ।

२.सुनकागती २:

२६.९ मे.ट./ हे. उत्पादन क्षमता हुने यो तराई, भित्री तराई ,मध्य र निम्न पहाड का लागि उपयुुक्त हुन्छ।

३.तेह्रथुम स्थानिय:

यस प्रजती को उत्पादन क्षमता १५ मे. ट./हे. हुन्छ र यो १०००-१६०० मिटर उचाइमा पुर्बी पहाडमा उप्युक्त हुन्छ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button