स्वास्थ्य

मधुमेह: खानपान सम्बन्धी भ्रम र सत्यता

मधुमेह, जसलाई चिनी रोग भनेर पनि चिनिन्छ। मधुमेह र खानपान एक अर्कासँग सम्बन्धित विषय हुन्। महुमेह भन्ने बित्तिकै धेरैले अब केही खान मिल्दैन भनेर सोच्न थाल्छन्। अझ गुलिया कुरा खाए सुगर हुन्छ, सुगर भएपछि सामान्य मानिसले झैँ खान मिल्दैन भन्ने कुरा मस्तिष्कमा आइहाल्छ। यो कुरामा सत्यतासँगै धेरै मात्रामा भ्रम पनि मिसिएको छ।

मधुमेह भएका व्यक्तिले पनि सामान्य मानिसले जसरी नै खानपान गर्न मिल्छ। तर सन्तुलित मात्रामा मात्र। कतिपय यस्ता खानेकुराहरु पनि हुन्छन्, जुन मधुमेह भएका व्यक्तिले खान हुँदैन। तर ती खानेकुरा स्वस्थ व्यक्तिका लागि पनि हानीकारक नै मानिन्छ।

मधुमेका बिरामीले सामान्यभन्दा पनि विशेष किसिमको खानेकुरा खानुपर्छ। जस्तै, चामल, सुगर फ्रि बिस्कुट आदि। मधुमेहका मात्र नभई उच्च उक्तचाप, मुटु रोग, मिर्गौला सम्बन्धी रोग भएका व्यक्तिले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ। मधुमेहका भएका व्यक्तिले शरीरको तौललाई नियन्त्रित राख्नुपर्छ। शरीरको तौल बढी छ भने एक दिनमा बढीमा १८ सय भन्दा धेरै क्यालोरी खानु हुँदैन। एक महिनामा ५ देखि ७ प्रतिशतसम्म तौल घटाउनुपर्छ। नुनको मात्रा एक दिनमा करिब एक चम्मा अर्थात् २ दशमलव ३ ग्राम हुनुपर्छ।

दिनको दुई पटक र धैरै मात्रामा खाने बानी अधिकांश नेपालीको छ। तर मधुमेहका बिरामीले एकै पटक धेरै मात्रामा खानु हुँदैन। खानालाई कम्तीमा चार भागमा विभाजन गरेर खानुपर्छ। भातको मात्रा कम गर्नुपर्छ र सागसब्जी, सलादको मात्रा बढाउनुपर्छ। दाल मध्यम आकारको एक कचौरा लिनुपर्छ। जस्तै, दिउँसोको खानामा एक मध्यम आकारको कचौरामा भात, एक कचौरा सब्जी, एक कचौरा सलाद र एक कचौरा दाल खान सकिन्छ। साँझको खानामा दुई वटा मध्यम आकारको रोटी, एक कचौरा सब्जी र एक गिला दूध (१५० एमएल) खान मिल्छ। खाजामा भने एउटा रोटी र एक गिलास दूध खान मिल्छ। फलफूलमा आधादेखि एउटा सिंगैसम्म पनि दिनमा २÷३ पटक खान सकिन्छ। तर फलफूल खाँदा गुलियोको मात्रालाई भने ध्यान दिनुपर्छ। माछा मासुमा एक सय ग्राम अर्थात् चार टुक्रासम्म खान मिल्छ।

गुलियो र चिनी भएको खाने कुरा खाँदैमा मधुमेह भइहाल्छ भन्ने पनि धेरैको भ्रम छ। तर चिनी भएका खाँदैमा मधुमेह भइहाल्छ भन्ने त होइन तर सन्तुलित आहारको बनावट भने बिगार्छ। धेरै मात्रामा लामो समयसम्म चिनी धेरै भएकाले खाने कुराले मोटोपना भई मधुमेह हुने संभावना बढाउँछ। गुलियो खानेकुरा मात्र नभई प्रशोधित कार्बोहाइड्रेट धेरै मात्रामा भएका खाने कुराले पनि चिनीजस्तै हानिकारक हुन्छन्। यी सबै खानेकुराले इन्सुलिन प्रतिरोध गराई मधुमेह गराउँछ।

विभिन्न प्रशोधित पेय पदार्थ, धूम्रापन र मद्यपान गर्नु हुँदैन। मधुमेह भएका व्यक्तिले औषधि नियमित लिनुपर्छ। तर सन्तुलित मात्रामा खाना, नियमित व्यायाम, तौलमा नियन्त्रण, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ। यी कुरालाई व्यवस्थापन गर्न सके शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ र मधुमेहबाट पनि बच्न सकिन्छ।

(डा लक्ष्मीराज भट्ट काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत छन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button