स्वास्थ्य

लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? देखिन सक्छ यस्ता गम्भीर समस्या

काठमाडौं ,असोज २२, २०७८
कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा। विजयकुमार झाले जानकारी दिए । दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए।

उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ । लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्छ ।”

डा. झाका अनुसार समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ । उनी समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा परेमा तुरुन्त आपत्कालीन व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् ।

यस प्रकारको रोग लाग्न नदिन नियमित रूपमा व्यायाम गर्ने, अङ्ग, मेरुदण्ड, शिथिलिकरण, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउन साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउँछ ।
लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर बस्नु हुँदैन डा. झाले भने, “बस्नु परेपछि कुसनको सहायतामा ढाड बिसाउने । कम्प्युटरको काममा एकरदुई घण्टा बसिसकेपछि ५ देखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुपर्छ । गोरखापत्र दैनिकमा छ ।

उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर बस्ने बानी बसाल्नु हुँदैन । सुत्दा सीधा सुत्नुपर्छ घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । यदि नसा च्यापिएको छ भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुत्नुपर्ने पनि उनको सुझाव छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button