खेलकुद

नेदरल्यान्ड्सको झिनो जित, नर्वे रोकियो

असोज २३, २०७८

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले झिनो जित निकाल्दा नर्वे बराबरीमा रोकिएको छ ।नेदरल्यान्ड्सले घरेलु टोली लात्भियामाथि १–० को झिनो जित निकालेको हो ।

नेदरल्यान्ड्सको जितमा डाभी क्लासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गरेका थिए । यो जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लात्भिया ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा टर्की र नर्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टर्कीका मोममेद एक्टुरकोग्लुले गोल गर्दा नर्वेका क्रिस्टियन थ्रोस्टभेड्टले बराबरी गोल फर्काए । यो नतिजापछि नर्वे ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । टर्की १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा मोन्टेनग्रोले जिब्राल्टारलाई ३–० ले पराजित गरेको छ । मोन्टेनग्रोको जितमा फाटोस विसिराजले दुई तथा एडाम मारुसिसले एक गोल गरे । यो नतिजापछि मोन्टेनग्रो ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा रहेको छ । जिब्राल्टार अंकविहन हुदै पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button