विचार

भौतिकवाद+देहसुख=अपराध

देवप्रकाश त्रिपाठी

पूर्वीय दर्शनले आत्मिक आनन्दको प्राप्तिमा आफ्नो सम्पूर्ण सामथ्र्य लगाएको छ । पश्चिमी दर्शन देहसुखको वरिपरि घुमिरहेको छ भने पूर्वीय दर्शन जीवन र सृष्टिको सत्ता–रहस्यको भेउ पाउन निरन्तर यत्नशील छ । शिक्षा के हो, समाज के हो, अनुभव र ज्ञान के हो भन्नेलगायतका प्रश्नको जवाफ खोज्न पश्चिमले अग्रता लिएको छ, पूर्वले जीवनको अर्थ र सृष्टिको कार्य–कारणको खोजीमा आफूलाई पूरै समर्पित गरेको छ ।

व्यापक अर्थमा सुख भनेको सिङ्गो विश्वलाई आफ्नोअनुकूल बनाउनु हो । ‘सु’ भनेको अनुकूल र ‘ख’ भन्नाले आकाश अर्थात् सिङ्गै विश्व भएको व्यहोरा शास्त्रहरूमा अङ्कित छ । यस अर्थमा परिस्थिति आफूअनुकूल बनाउनु नै सुख हो भनेर बुझ्नुपर्ने हुन्छ । संसारका हरेक मानिस सुखको खोजीमा छन् र मान्छे मात्र नभई प्रत्येक प्राणीले सुख खोज्नु स्वाभाविक छ । तर, पश्चिमा तथा म्लेच्छहरूले आफूलाई देहसुखमा केन्द्रित गरे भने पूर्वीय दार्शनिकहरूले आत्मिक सुखलाई प्राथमिकतामा राखे ।

पश्चिमा दार्शनिकहरू देकार्त, फायरबाख, हिगल, कान्ट र कार्लमार्क्सदेखि बर्टेन्ड रसेलसम्मको आध्यात्मभन्दा भौतिकवादलाई नै आधार बनाएर आफ्ना विचार सम्प्रेषण गरेका हुन् । फ्रान्सेली दार्शनिक नित्सेले ईश्वर तत्वको अस्तित्व अस्वीकार गर्न ‘ईश्वर मरेको’ सार्वजनिक घोषणा गरेका थिए । उनले अनिश्वरवादी दर्शनको पक्षपोषणण गरिरहँदा भौतिकवाद प्रोत्साहित भएको महसुस गर्न सकिन्छ । इसाई धर्मगुरुहरूको राज्यसत्तामा नियन्त्रण र उनीहरूको ज्यादतीले युरोपेलीहरूमा धर्म र ईश्वरीयताप्रति वितृष्णा जगाएकोले पनि हुन सक्छ विद्वान् र सचेत मानिसमा भौतिकतातर्फ आकर्षण बढेको । जे होस्, पश्चिमाहरूले भौतिकता र भौतिकवादमा केन्द्रित रहेर ज्ञानको विकास र वितरण गरे ।

प्लेटोले कल्पना गरेको आदर्श राज्यमा कार्यकारी प्रमुख दार्शनिक गुणसम्पन्न हुनुपर्ने भनिएको छ । आध्यात्मिक भावनाविपरीतका मानिस दार्शनिक नै भए पनि ती बुद्धजस्ता नभएर माक्र्सजस्ता या नरेन्द्र मोदीजस्ता नभई किम जोङ उनजस्ता हुन सक्थे । प्लेटोले आध्यात्मिक चेतका नभनेर दार्शनिक गुणका भन्नुलाई आत्मिक शुद्धिसँग जोडेर बुझ्न सकिन्छ । प्लेटोबाहेक नाम चलेका सबैजसो पश्चिमा दार्शनिकहरू भौतिकवादको पृष्ठपोषक देखिएका छन् । पश्चिमाहरूले भौतिक विकासलाई उत्कर्षमा पुऱ्याउनुको कारण तिनले इतिहासमा भोग्नुपरेका कष्टपूर्ण उतारचढाव र द्वन्द्व मात्र नभई दैहिक सुखकेन्द्रित दार्शनिक चेतको विकासलाई पनि मान्न सकिन्छ । चिनियाँ भूमिमा पैदा भएका कन्फ्युसिएसलगायतका दार्शनिकले पनि आध्यात्मलाई नै जोड दिएका छन् । आर्य सभ्यताले पैदा गरेका सबैजसो (चार्वाकबाहेक) दर्शनले मानिसलाई आत्मिक आनन्दतर्फ प्रेरित गर्दछ ।

मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादले पनि मानिसलाई दैहिक सुखमा केन्द्रित रहन प्रेरित गर्दछ । मार्क्सवादी दर्शनले मानिसको आत्मिक खुसी, सुख र आनन्दको परिकल्पना गरेको छैन । केवल भौतिक सुख प्राप्तिका निम्ति प्रेरित गर्ने भएकोले मार्क्सवादीहरू मिठो खाने, राम्रो पहिरन लगाउने, सुखका साधनहरूको उच्चतम भोग गर्ने र पदप्राप्तिका निम्ति जेसुकै गर्न तयार हुने प्रकृतिका हुन्छन् । भौतिकवादीहरूको दृष्टिमा धर्म, परम्परा र सामाजिक मूल्य-मान्यताभन्दा आफ्नो सुख महत्वपूर्ण हुन्छन् ।

अघिल्लो दिन आफैँले संविधान निर्माणको अगुवाइ गरेर केही घन्टापछिदेखि सोही संविधानविरुद्ध अभिव्यक्ति दिँदै आएका एक व्यक्ति नेपालको भौतिक विकास नहुनुमा धर्म दोषी रहेको बताउँदै हाम्रो धर्मविरुद्ध प्रस्तुत हुने गर्दछन् । उनले इसाई धर्म र इसाईधर्मीप्रति कृतज्ञता जाहेर गर्नका लागि मात्र सनातन धर्मविरुद्ध विष वमन गर्ने गरेका होइनन्, मानिसले प्राप्त गर्ने सुख केवल भौतिक अर्थात् दैहिक मात्र हुने विश्वास उनको हुनसक्छ । देहले खोज्ने सुखका सबै साधन प्राप्त भइसकेपछि पनि मान्छे सुखकै खोजीमा भड्किरहेका हुन्छन् र, त्यस्तो सुख आनन्दचाहिँ आध्यात्मिक चेतबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने तथ्यबोध यसखाले मानिसमा हुने गर्दैन । त्यसैले मान, पद, प्रतिष्ठा र धन नभएर पनि आध्यात्मिक मानिस जति सुखी र खुसी देखिन्छन् भौतिकवादीहरू धनमान सबै प्राप्त भएर पनि त्यति सुखी महसुस गर्दैनन्, गर्न सक्दैनन् ।

पूर्वीय दर्शनहरूमध्ये अति भौतिकवादी मानिएको चार्वाक पदार्थलाई नै सर्वस्व ठान्छ । चार्वाकको विचारमा न यहाँ कतै ईश्वर तत्व छ, न चेतना र चैतन्य छ, न पूर्वजन्म र पुनर्जन्म हुन्छ । प्राप्त एउटा जिन्दगी नै पहिलो र अन्तिम हुने भएकोले जसरी भए पनि मोजमस्तीका साथ बिताउनुपर्छ भन्ने मान्यता चार्वाक र सबै भौतिकवादी दर्शनले राखेको हुन्छ । माक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादले पनि मानिसलाई दैहिक सुखमा केन्द्रित रहन प्रेरित गर्दछ । मार्क्सवादी दर्शनले मानिसको आत्मिक खुसी, सुख र आनन्दको परिकल्पना गरेको छैन । केवल भौतिक सुख प्राप्तिका निम्ति प्रेरित गर्ने भएकोले मार्क्सवादीहरू मिठो खाने, राम्रो पहिरन लगाउने, सुखका साधनहरूको उच्चतम भोग गर्ने र पदप्राप्तिका निम्ति जेसुकै गर्न तयार हुने प्रकृतिका हुन्छन् । भौतिकवादीहरूको दृष्टिमा धर्म, परम्परा र सामाजिक मूल्य–मान्यताभन्दा आफ्नो सुख महत्वपूर्ण हुन्छन् । आफूलाई प्राप्त हुने सुखको तुलनामा अन्य सबै विषय गौण हुन्छन् तिनका लागि ।

मुलुकमा महराजस्तै द्वन्द्वात्मक भौतिकवादीहरूको दबदबा बढ्नु र भ्रष्टाचार तथा अपराधजन्य क्रियाकलापले सीमा नाघ्नुलाई संयोग मात्र मान्नुहुँदैन । जब कुनै पनि देशमा आध्यात्मिक एवम् धार्मिक चेतशून्यतालाई प्रोत्साहन गरिन्छ, तब भ्रष्टाचार र अपराधकर्म प्रोत्साहित हुने गर्दछ। भौतिकवादले धर्मनिरपेक्षता जन्माउँछ र धर्मनिरपेक्षताले देहसुखलाई केन्द्रबिन्दुमा राख्ने हुनाले अपराध र अपराधीकरण विस्तार गर्न मद्दत गर्छ।

उमेरले सात दशक पुग्न लागेका कम्युनिस्ट नेता कृष्णबहादुर महराले देहसुखका लागि जे गरे त्यो उनको निम्ति पापकर्म किन थिएन भने त्यसबाट उनलाई देहसुख प्राप्त भइरहेको थियो । मुलुकमा महराजस्तै द्वन्द्वात्मक भौतिकवादीहरूको दबदबा बढ्नु र भ्रष्टाचार तथा अपराधजन्य क्रियाकलापले सीमा नाघ्नुलाई संयोग मात्र मान्नुहुँदैन । जब कुनै पनि देशमा आध्यात्मिक एवम् धार्मिक चेतशून्यतालाई प्रोत्साहन गरिन्छ, तब भ्रष्टाचार र अपराधकर्म प्रोत्साहित हुने गर्दछ । भौतिकवादले धर्मनिरपेक्षता जन्माउँछ र धर्मनिरपेक्षताले देहसुखलाई केन्द्रबिन्दुमा राख्ने हुनाले अपराध र अपराधीकरण विस्तार गर्न मद्दत गर्छ ।

यतिबेला नेपालको संविधानले धर्मनिरपेक्षतालाई अवलम्बन गरेको छ, धर्मनिरपेक्ष राज्यले आध्यात्मिक र धार्मिक मूल्य-मान्यताको रक्षा, विकास र संरक्षणमा भन्दा भौतिकतालाई प्रोत्साहन दिँदै आएको छ । त्यसैले देशमा भ्रष्टाचार, अपराध र सबै प्रकारका पापकर्म अधिक वृद्धि हुनुको एउटा प्रमुख कारण धर्मनिरपेक्ष राज्यलाई मान्न सकिन्छ । अध्यात्मवादीहरू आत्माको अर्थात् चेतनतत्वको चिरस्थायित्वमा विश्वास गर्छन् । चोला बदलिरहन्छ, जनमहरू भइरहन्छन्, तर आत्मा मर्दैन भन्ने विश्वासले मानिसलाई पापकर्म अर्थात् दुष्कर्मबाट टाढा रहन प्रेरित गर्दछ ।

देशमा द्वन्द्वात्मक भौतिकवादीहरूको बोलवालालाई नियन्त्रण गर्न सक्दा मात्र अपराध र भ्रष्टाचार निरुत्साहित हुने परिस्थिति बन्न सक्दछ । त्यसनिम्ति धर्मनिरपेक्षतालाई विस्थापित नगरीकन अति भौतिकवाद निरुत्साहित नहुने र हामीले वर्तमानमा भोगिरहेका राजनीतिजीवीहरू पराजित नभएसम्म अति भौतिकवाद कायम रहने भएकोले आमूल परिवर्तनका लागि देशभक्त, धर्म-संस्कृतिप्रेमी सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने अपरिहार्यता बढेको छ ।घटना र विचारonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button