
मेचीनगर । झापाको चन्द्रगढी स्थित महेन्द्र पार्कको सरसफाई कार्यक्रममा प्रहरीले अवरोध गरेको छ ।महेन्द्र पार्क सरसफाई कार्यक्रमका संयोजक चरण प्रसाईका अनुसार करिब दुई सयको संख्यामा स्वतन्त्र युवाहरु झाडु र कुचो बोकेर सरसफाई गर्न जाँदा प्रहरीले गेटमै रोकेको सरसफाई संयोजक प्रसाईलेले चौतारी पोष्ट अनलाइनलाई बताए ।

प्रसाईका अनुसार युवाहरुको समूहले पार्कको सरसफाई गर्न अवरोध नगर्न प्रहरीलाई पटक पटक आग्रह गर्दा पनि प्रहरीले कुनै सुनुवाई नगरे पछि युवाहरुले चर्को नाराबाजी गर्दै सरसफाई गर्न पाउनुपर्ने माग राखेका थिए ।
जेठ १८ गते महेन्द्र पार्कमा रङरोगनको कामलाई नगरपालिका प्रमुखको ठाडो आदेशमा प्रहरीले रोकेको पार्क सरसफाई अभियानका सदस्य सचीब सन्तोश बिमलीले बताए । विगत १६ वर्ष देखि सरसफाई र श्रृंगार नपाएको महेन्द्र पार्क विगतका ५ वर्ष स्थानीय सरकारका प्रतिनिधिहरुले वेवास्ता गरेपछि सचेत नागरिकहरूले उक्त कार्य गर्दा रोक लगाइएको युवाहरुको आरोप छ । भद्रपुर नगरप्रमुखको आदेशमा श्रृंगार काम रोकिएपछि युवाहरू आक्रोशित भएका थिए। सोही दिन जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको सर्वदलीय संयन्त्रले कुनैपनि स्वतन्त्र व्यक्तिहरूले स्वःस्फूर्त रूपमा गरिने सरसफाई तथा पुरानै स्वरूपमा फर्काउने गरी गरिएको रङरोगनलाई अनधिकृत भनी घोषणा गरेको थियो ।

यसैगरी जेठ २० गते बेलुका ४ः३० मा जिल्ला प्रसाशन कार्यालय झापाको रोहबरमा जिल्ला सुरक्षा निकाय प्रमुख र समितिका प्रतिनिधि सहित बसेको जिल्ला सर्वदलीय बैठकमा कुनै ठोस निर्णय हुन सकेको थिएन। श्री ५ महेन्द्रको शालिक पुनस्र्थापना गर्न नगरपालिकामा निवेदन दिएर प्रक्रियामा आएमा नगर कार्यपालिकाको बैठकबाट पारित भए मात्र सम्भव हुने कुरामा समितिका प्रतिनिधिले असहमति प्रकट गर्दै सहमतिमा हस्ताक्षर नगरी बाहिर आएको समितिका प्रतिनिधिले दिए । कार्यक्रम संयोजक चरन प्रसाईले भने —‘हाम्रो बटमलाइन श्री ५ महेन्द्रको शालिक पुनस्र्थापना हुनुपर्छ भन्ने हो, अरु कुनै निर्णय मान्य हुनेछैन, साथै रोकिएको रङरोगनको कार्यलाई पनि सुचारु गर्न नगरपालिका सहमत भए मात्र हामी प्रक्रियामा जान्छौ ।’




