कला

दृष्टिविहीन संगीतकार सुवेदीलाई सृष्टि उपमा प्रतिभा पुरस्कार

काठमाडौं ।

कला मनोरन्जनको साधन मात्र हैन सामाजिक रूपान्तरणको सशक्त माध्यम पनि हो भन्ने सन्देशसहित ब्लाइन्ड रक्सले आफ्नो ८ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

कार्यक्रममा दृष्टिविहीन तथा अपांगताका क्षेत्रमा लामो समयदेखि क्रियाशील रही समाजिक रूपान्तरणको लागि सशक्त भूमिका निर्वाह गर्ने दृष्टिविहीन संगीतकार रमेश सुवेदीलाई सृष्टि उपमा प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरी संस्थाका सचिव नारायणी दवाडीलाई उत्कृष्ट काम गरेवापत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सघाउनुहुने पर्यटन व्यवसायी तथा समाजसेवी कालिका न्यौपाने, बैंकर्स ट्रेनिङ्ग एसोसियसनका प्रमुख कार्यकारी अधिकृत कुमार जोशीलगायतका व्यक्तिलाई सम्मान गरिएको थियो ।कार्यक्रममा समाजसेवी तथा सीएनएन हिरो अनुराधा कोईरालाले नेपाली कला र संस्कृति संरक्षण र संवद्र्धनको लागि ब्लाइन्ड रक्स सँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले हाम्रो नेपाली मौलिकताको जगेर्ना गर्न आफ्नै भाषा संस्कारको विकास गर्न जरुरी रहेको पनि बताउनुभयो ।

यसै गरी संस्थाका अध्यक्ष सृष्टि केसीले ब्लाइन्ड रक्सले कलासँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिँदै यसलाई राज्यले आफ्नो विकासको एजेन्डा बनाई अगाडि बढाउन पहल नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।कार्यक्रममा कला मनोरन्जनको साधन मात्र नभई समाज परिवर्तनको शसक्त माध्यम पनि हो भन्ने विषयमा नायिका सञ्चिता लुइटेल, ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, तथा संगीतकार डा. लोचन रिजालले व्लाइन्ड रक्सका अध्यक्ष सृष्टि केसीले राख्नुभएको प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा कलालाई समाजिक रूपान्तरणको माध्यम बनाई यसलाई राज्यको विकासको एजेन्डासँग जोडेर हेर्न भोलिका दिनमा पत्रकार, संगीतकार तथा कलाकारले आफ्नो ठाँउबाट के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा छलफल भएको थियो ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button