खेलकुद

फ्रान्स र क्रोएसियाको बराबरी

एजेन्सी – विश्व विजेता फ्रान्स र उपाविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप १ अन्तरगतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै अक बाँडेका छन्। क्रोएसिया र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध फ्रान्सले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बनेको हो ।

खेलको सुरुवादेखि नै घरेलु टोलीलाई दवावमा राखेको फ्रान्सले ५२औं मिनेटमा अग्रता लिन सफल भएको थियो । एड्रियन राबिओटले विसाम विन यडरको पासमा गोल गर्न सफल भएका थिए ।

तर, ८३औं मिनेटमा एन्डरेज क्रामारिकले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । परिवर्तित खेलाडी जोनाथन क्लाउअसले क्रामारिकमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो ।

क्रोएसियाविरुद्ध फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले स्टार खेलाडी करिम बेन्जेमासँगै केलियन एमबाप्पे, ह्युगो लोरिएस, किङ्सले कोमान, जुलेस कुन्डे र एन्टोइन ग्रिजमनलाई बेञ्चमै राखेका थिए । ग्रिजमनले दोस्रो हाफमा अवसर पाएपनि उनले सोचेअनुरुपको खेल पस्कन सकेन ।

यो बराबरीपछि दुवै टोलीले समूहमा अंक जोडेका छन् । फ्रान्स दुई खेलबाट १ अंक जोडेर तेस्रो तथा समान अंक र खेलबाट क्रोएसिया पुछारमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button