
मेचीनगर । एक साता नबित्दै झापामा फेरि अर्को एउटा मृत हात्ती फेला परेको छ । झापाको अर्जुनधारा नगरपालिका –४ स्थित सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा बुधबार बिहान मृत हात्ती फेला परेको हो ।
खेतमा मृत अवस्थामा हात्ती फेला परेको खबर पाउनासाथ जिल्ला वन कार्यालय झापाको सहितको प्रहरी टोली घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । हात्तीको शरीरमा चोट नदेखिएको बताउँदै उनले फुडपोइजनले मरेको हुनसक्ने आशङ्का गरिएको जानकारी दिए ।

गत शुक्रबार झापाकै बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा हात्ती मृत भेटिएको थियो । २०६२ देखि हालसम्म झापामा १५ वटा हात्ती मारिएको डिभिजन वन कार्यालयले जनाएको छ ।



