स्वास्थ्य

हड्डी मक्किने रोग : कसरी लाग्छ?, यस्ता छन् रोकथामका उपाय

डा दीपेन्द्र पाण्डे

प्रत्येक वर्ष अक्टोबर २० तारिखका दिन विश्व ओस्टिओपोरोसिस दिवस मनाउने गरिन्छ। ओस्टियोपोरोसिस एक प्रकारको हड्डी मक्किने रोग हो, जुन प्रमुखत: ज्येष्ठ नागरिक, त्यसमा पनि महिलालाई बढी हुन्छ।

एक दशक अघिसम्म पनि नेपालीको औसत आयु करिब ६० वर्ष मात्र थियो तर हाल बढेर ७२ वर्ष पुगिसकेको। यो अवस्थामा बढ्दो ज्येष्ठ नागरिकको स्वास्थ्यको सवालमा ओस्टिओपोरोसिस जस्तो हड्डी गलाउने भयानक रोग लाग्ने सम्भावना अधिक हुन्छ। यो रोगले मान्छेको बलियो हड्डीलाई बालुवा जस्तो बनाइदिन्छ।

सो रोगको बारेमा जान्ने, बुझ्ने, जनचेतनाका कार्यक्रमहरु गर्ने र सरकारी पक्षबाट समेत ज्येष्ठ नागरिक र महिलाका लागि ओस्टियोपोरोसिस सम्बम्धी कार्यक्रमहरु ल्याउने बेला आइसकेको छ। यही सन्दर्भमा यो लेखमा पनि सोही रोगको जोखिम, रोकथाम र उपचारबारे केही जानकारी दिन खोजिएको छ।

ओस्टिओपोरोसिस एक प्रकारको हड्डी मक्किने या कमलो हुने रोग हो, जसले गर्दा बिना चोटपटक, साधारण चोटपटक या कहिलेकाहीँ हाच्छिउँ गर्दा पनि हड्डी भाँच्चिन पुग्छ। विशेषगरी ५० वर्ष उमेर लागेपछि यो रोग निम्तने गर्छ भने महिलामा महिनावारी रोकिएपछि हड्डी कमलो हुने रोग देखा पर्न सुरु हुन्छ।

एउटा तथ्यांक अनुसार हरेक वर्ष प्रत्येक ३ महिलामध्ये १ र प्रत्येक ५ पुरुषमध्ये १ जनाको हड्डी ओस्टिओपोरोसिसले गर्दा भाँचिने गर्छ भने सन्सारमै प्रत्येक ३ सेकेण्डमा एक जनाको हड्डी ओस्टिओपोरोसिसले गर्दा भाँचिने गरेको देखिन्छ। मेरुदण्ड तथा हिपका हड्डी भाँचिने जोखिम बढी हुन्छ। यसरी हड्डी भाँचिएपछि कठिन खालको अपरसेन गर्नैपर्ने हुन्छ, जुन आफैंमा जोखिमरहित हुँदैन र महँ पनि हुन्छ।

अपरेसन पश्चात् पनि ३५ प्रतिशत बिरामीको १ वर्ष भित्रमा मृत्यु हुने गर्छ भने बाँचेकामध्ये पनि अधिकांश बिरामी फेरि कहिल्यै हिँडडुल गर्न सक्दैनन् या त हिँडडुल गर्न कुनै न कुनै सहारा चाहिन्छ।

यी तथ्यांक हेरेपछि यति स्पष्ट हुन्छ सकिन्छ कि ओस्टिओपोरोसिस एक भयावह खालको रोग हो तर विडम्बना यसबारे हाम्रो समाजमा त्यति चेतना छैन। ओस्टिओपोरोसिस रोग सबैलाई लाग्नसक्ने हुँदा ५० वर्ष कटेको जोसुकै व्यक्ति र महिनावारी रोकिएका महिलाले सो रोगको जोखिम आफूलाई छ कि छैन भनी बेलैमा नै बुझेको खण्डमा र समयमा नै उपचार गर्ने हो भने उक्त रोगबाट निम्तने गम्भीर खालका परिस्थितिबाट मुक्त हुन सकिन्छ।

ओस्टियोपोरोसिस भएमा विभिन्न लक्षण देखापर्ने गर्छ। जस्तै: जिउको दुखाइ, सिधा बस्न तथा हिँड्न कठिनाइ उत्पन्न हुनु, हड्डी कमजोर भएको तथा हड्डी भाँचिएको ठाउँमा असह्य पीडा महसुस हुनु, कम्मर दुख्ने तथा शरीर कुप्रँदै जानु।

ओस्टिओपोरोसिसको जोखिमबारे बुझ्न चिकित्सकको सल्लाह अनुसार डेक्सा स्क्यान भन्ने एक्सरे जस्तै एक प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ। यसरी जाँचेपछि ओस्टिओपोरोसिस देखिएको खण्डमा उपचार सुरु गरिहाल्ने हो भने यो रोगबाट हुने सम्भावित हड्डीको फ्याक्चरबाट जोगिन सकिन्छ।

तर हाम्रो जस्तो अल्पविकसित देशमा ओस्टिओपोरोसिस जाँच्ने डेक्सा स्क्यान मेसिनको उपलब्धता त्यति सहज नभएको अवस्थामा यो रोगको रोकथामतिर लाग्नु नै बुद्धिमानी देखिन्छ।

रोकथामका उपाय
– हड्डी र मांसपेसीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने।

– प्रत्येक दिन एक जना मानिसलाई ७००-१२०० मिलिग्राम क्याल्सियम र ७००-८०० युनिट भिटामिन डी आवश्यक पर्छ। तसर्थ क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने जस्तै: दूध, दही, चिज, सोयाबिन, गेडागुडी, च्याउ, बन्दाकोभी, ब्रोक्कोली, मटरकोसा, सुन्तला, अण्डा, टुना माछा, कलेजो आदि।

– शरीरलाई चाहिने ८० प्रतिशतभन्दा बढी भिटामिन डी घामबाट नै पाउन सकिन्छ। तसर्थ हप्ताको ३-४ दिन २० मिनेट प्रति दिनका दरले आफ्नो अनुहार, हात, खुट्टा देखाएर घाममा बस्नु पर्छ। यसरी घाममा बस्दा बिहान १० बजे भन्दा पहिला वा बेलुका २ बजे पछिको घाममा बस्दा फलदायी हुन्छ। कालो वर्णको मानिस र ७० वर्ष कटेका व्यक्तिले माथि लेखिएभन्दा अलि बढी समय घाममा बस्नु उपयुक्त हुन्छ।

– क्याल्सियम तथा भिटामिन डी भएका खाना यथेष्ट नपाएको र घाममा पनि नबसेको अवस्थामा चिकित्सकको सल्लाहअनुसार क्याल्सियम र भिटामिन डी मिसिएको औषधि सेवन गर्दा राम्रो हुन्छ। तर चिकित्सकको निगरानी बिना यस्ता औषधि लामो समयसम्म आफैं सेवन गरेको खण्डमा पाचन प्रणालीको गडबडी हुनुको साथै मुटुको रोग र मिर्गौलाको पत्थरी हुनेlswsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button