
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन युवा डिफेन्डर डेस्टिनी युडोगीलाई क्लबमा अनुबन्ध गरेको छ ।टोटेनहमले युडोगीलाई सिरी ‘ए’ क्लब उडिनेसबाट १५ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो ।
इटालीको यू२१ बाट खेलिसकेका १९ वर्षीय डेस्टिनीले यो सिजन लोनमै उडिनेसमा बिताउनेछ । उडिनेसले गत वर्षको जुलाईमा युडिगोलाई हेलास भेरोनाबाट लोनमा क्लबमा आबद्ध गर्दै यसै वर्ष स्थायी खेलाडी बनाएको थियो । उडिनेसका लागि ३७ खेल खेल्दा उनले ५ गोल गरेका छन् ।
इभान पेरिसिक, रिचार्लीसन, फ्रेजर फोस्टर, यवेस बिसौमा, क्लेमेन्ट लेङ्लेट र जेड स्पेन्सपछि युडोगी यो समरमा टोटेनहममा आबद्ध हुने सातौ खेलाडी हो। युडोगीले स्पेनको उमेर समूह यू–१७, १७, १८, १९ र २१ सबैबाट आफ्नो प्रतिनिधित्व गरिसकेका छन् ।हाम्रो खेलकुदबाट ।



