कला

ट्रेलरमा मानिस ठूलो दिलले हुन्छ

newsofnepal
फिल्म तथा म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेद्वारा निर्देशित फिल्म गीति फिल्म मानिस ठूलो दिलले हुन्छको ट्रेलर सार्वजनिक गरिएको छ।

मातृभूमि युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाइएको छ।

ट्रेलरमा एक प्रेम जोडीको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथा समेटिएको छ। सौरपानी मिडिया प्रालिको ब्यानरमा केही संवादसहित निर्माण गरिएको फिल्म मणि नेपाली पनेरुले निर्माण गरेका हुन्। अभिनाश न्यौपाने र श्रेया कार्कीको मुख्य भूमिका रहेको फिल्म्मा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुललगायतले अभिनय गरेका छन्।

निर्माता पनेरुले ६ लोकगीतमा आधारित रहेर निर्माण गरिएको फिल्ममा क्यानडाको लागि नेपाली सांस्कृतिक दूतसमेत रहेका पूर्ण नेपालीको एकल संगीत रहेका छ भने राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक–गायिकाको स्वर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button