कला

बीएसआरले बागलुङमा खोल्यो मल्टीप्लेक्स

प्रविधिअनुसार परिमार्जित हुन नसक्दा सिंगल थिएटरहरु विस्तारै विस्थापित भइरहेको अवस्थामा फिल्म हेर्नका लागि अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्न थालेको छ । महँगो टिकट काटेर भए पनि सुविधा सम्पन्न हलमा फिल्म हेर्ने दर्शकको संख्या बढ्दो छ । त्यसैले पछिल्लो केही समययता नेपालमा मल्टीप्लेक्सको निर्माण तीव्र गतिमा भइरहेको छ ।

यसैक्रममा, गोंगबुस्थित बीजी मलमा रहेको मल्टीप्लेक्स हल बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बरिष्ठ फिल्मकर्मी निर शाहले बुधबार बीएसआर मुभिज बागलुङको उद्घाटन गरे । शाहसँगै राजधानीबाट अभिनेत्री गौरी मल्ल, निर्देशक दिपाश्री निरौला र कलाकार अनुरागमासिंह कुँवर हल उद्घाटन समारोहमा सहभागी भएका थिए ।

बिहिबारबाट व्यावसायिक सञ्चालनमा आएको दुई अडिटोरियमको हलमा दुई सय २६ सिट छन् । हलमा थ्रीडि प्रविधि समेत जडान गरिएको प्रबन्ध निर्देशक राजु गिरीले जाकनारी दिए । अन्र्तराष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डब्बु अटमस साउण्ड सिष्टम नेपालमा भित्राउँदै बीएसआरले दुई वटा अत्याधुनिक फिल्म हल सञ्चालन गर्दै आइरहेको छ ।फिल्मीखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button