खबर

रौतहट विस्फोट प्रकरण, अनुसन्धान टुङ्ग्याइँदै

बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस संसद एवम् पूर्वमन्त्री महोम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

घटनासँग जोडिएका धेरै पात्र फेला परेको प्रहरीले जनाएको छ ।

१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । कान्तिपुर दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button