स्वास्थ्य

फ्लू भ्याक्सिन किन लगाउने, कुन उमेर समूहले लगाउने?

डा राजकुमार विक
केही दिन अगाडि नेपालगन्जमा बस्ने मेरो साथीले कल गरेर भन्दै थिए ‘राजु तिमीले बच्चा सम्बन्धी स्वास्थ्य ज्ञान नियमित जस्तै लेख्दै आईरहेका छौ। अहिले फ्लू भ्याक्सिन लगाउनु भनेर देखाइरहेको हुन्छ। खासमा कुरो के हो? मेरो बच्चालाई लगाउ कि नाई? मिल्छ भने आम मानिसले बुझ्ने भाषामा लेख्न सकिन्छ कि? त्यसैले आजको अंकमा हामी फ्लू भ्याक्सिनको बारेमा चर्चा गर्ने छौ।

फ्लू भनेको के हो?
फ्लू भनेको इन्फ्लून्जा भाईरसले लाग्ने श्वासप्रश्वाससम्बन्धी संक्रामक रोग हो। चिसो महिनामा सकृय हुने यो भाईरसले हरेक उमेरका ब्यक्तिलाई असर गर्छ। फ्लूमा नाक बन्द हुने, सिँगान बग्ने, टाउको दुख्ने, घाटी दुख्ने ,खोकी लाग्ने,शरीर दुख्ने र कसैमा ज्वरो आउने तर सबैमा नआउन पनि सक्छ।

फ्लूको जटिलताहरु के-के हुन?
निमोनिया,कानको संक्रमण,साइनोसाइटिस गराउने
दम,मुटुरोगी तथा सुगर जस्ता दीर्घरोगीमा बढी दु:ख दिने गर्दछ।

रोकथामको उपाय के हुन् ?
बिरामी ब्यक्तिसँग भौतिक दुरी टाढा राख्ने, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख र नाक रुमालले छोप्ने,पौष्टिक तत्वको सेवन तथा सरसफाईमा ध्यान दिने। र, अर्को महत्वपूर्ण कुरा पाएसम्म फ्लूको भ्याक्सिन(खोप) लगाउने।

भ्याक्सिन लगाउने उमेर समूह को हुन?
भ्याक्सिनको बनावट हेरेर बच्चाको उमेर ६ महिना पुगेपछी ६५ वर्ष वा सो भन्दा माथि चिकित्सकको परामर्शपछि मात्रै प्रयोग गर्नुपर्दछ।
भ्याक्सिन किन लगाउने? कत्तिको फलदायक छ त?
फ्लूले गर्दा हुने संक्रमण, जटिलताहरु, अस्पताल भर्ना तथा मृत्‍युमा उल्लेखिय कमि ल्याउँछ। खोप र भाईरस मिलेमा ४०-६० प्रतिशत मानिसलाई फ्लू हुनबाट रोकेको पाइएको छ।
jjj1671106251.jpgभ्याक्सिन लगाउने उपयुक्त समय कहिले हो ?
अक्टुबरको अन्तिम सम्ममा लगाइसक्नु भनेर भनेता पनि चिसो बढ्ने उच्च महिना फेब्रुअरी ताका हुने हुँदा नेपालमा माघ महिनासम्म लगाउँदा पनि हुन्छ।

प्रत्येक वर्ष किन लगाउनु पर्ने?
पहिलो कारणमा समय बितेसँगै भ्याक्सिनले प्रदान गर्ने प्रतिरक्षात्मक शक्ति बिस्तारै घट्दै जान्छ। दोस्रो कारणमा हरेक वर्ष इन्फ्लून्जा भाईरसहरु म्युटेसन/परिवर्तन भईराख्छन् जसले गर्दा प्रत्येक वर्ष भ्याक्सिनको समिक्षा गर्दै नयाँ अपडेट गर्ने गरिन्छ।

के फ्लू भ्याक्सिन लगाउने बित्तिकै काम गर्छ त?
गर्दैन। सामान्यतया भ्याक्सिन प्रयोग गरेको २ हप्तापछी बल्ल काम गर्न थाल्छ।

के फ्लू भ्याक्सिन लगाउने बित्तिकै फ्लूको समस्या हुँदैन त?
मुख्य गरेर चिसो समयमा धेरै सकृय हुने इन्फ्लून्जा भाईरसका निश्चित प्रजातिविरुद्ध राम्रो काम गर्छ र जटिलताहरुमा पनि कमि ल्याउँछ तर इन्फ्लून्जा जस्तै अन्य बिरामी गराउने राइनो भाईरस तथा रेस्पिरेटरी स्यिनसाइटिअल भाईरस आदिकाविरुद्ध भने काम गर्दैन।

(लेखक कान्ति बाल अस्पतालका बाल राेग विशेषज्ञ हुन्।)स्वास्थ्य खबरपत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button