मूल खबर

चौलागाँई भन्छन्— ‘सरुवा भएर गएको होइन म मेचीनगरमै आउँछु र यहाँका जनप्रतिनिधि र जनताको मन जित्ने काम गरेर देखाउँछु’

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाँईले आफु मेचीनगर नगरपालिकाबाट सरुवा भएर नगएको बताएकाछन् । चौतारी पोष्ट अनलाइनसँगको कुराकानीमा उनले आफु नियमित प्रकृया जस्तै काज विदामा बसेको र मन्त्रालयसँगको समन्वयमा विदा थप गरेको २५ गतेबाट मेचीनगर नगरपालिकामै नियमित काममा फर्कने बताए । उनले आफु आफ्नो जिम्मेवारी, कर्तब्य र अधिकार क्षेत्र भित्र रहेर मेचीनगरको विकास र यहाँका आम नागरिकलाई सर्वशुलभ ढङ्गले नगरपालिकाबाट सेवा प्रवाह गर्नकै लागि मेचीनगर नगरपाकिामा आएको पनि बताए । चौतारी पोष्ट अनलाइनको एक जिज्ञासामा उनले भने— म एक राष्ट्रसेवक कर्ममचारी हँु, आफ्नो जिम्मेवारी पुरा गर्ने कुरामा म सचेत छुु र सुशासन,मेचीनगरको समग्र विकास र यहाँ नागरिकलाई सहजताका साथ काम गरेर सबैको मन जित्न सक्नु नै मेरो कार्य क्षमताको प्रदर्शन हो भन्ने मलाई लाग्छ’।चौलागाँईले जनप्रतिनिधि र कर्मचारीबीच कतिपय कुराहरुको बुझाबुझ नभएर समस्या देखिए जस्तो भएको होला तर जनप्रतिनिधि, कर्मचारी र मेचीनगरका नागरिक एकै घर परिवार भएकाले यस्ता समस्या भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताए । कार्यपालिकाको बैठकबाट तपाईलाई मार्ग प्रशस्त गरिदिनु भनिएको छ अरे हो भन्ने हाम्रो जिज्ञासामा उनले भने— मलाई त्यस्तो जानकारी छैन फेरि म त नगर र नगरवासीकै हितका लागि काम गर्नका लागि आएको कर्मचारीले किन र के का लागि मार्गका कुरामा अल्मलिन ’। उनले सामाजिक सञ्जाल र संचार माध्याममा नगर भित्रका समस्याका बारेमा आएका विषयहरुले आफु पनि दुखि भएको बताउँदै आफ्नो घर भित्र केही समस्या भए घरकै परिवारका सदस्यले समाधान गर्नु पर्ने पनि बताए ।उनले आफुले मेचीनगर नगरपालिकाको हितका लागि आफुले निम्न सुझाव समेत राखेको बताए । चौलागाँईले राखेरका सुझावहरु यसप्रकार रहेकाछन ।

मेची, टिमाई, निन्दा, हडिया खोलाको ठेक्का नलागुञ्जेल सम्म ढुङ्गागिटी वालुवा उत्खनन कार्य तत्काल नगर प्रमुखबाट रोक्न आदेश दिनुपर्ने र ठेक्का लाग्नुअघि नगर प्रमुखको आदेशबाट उक्त उत्खनन कार्य भएकोमा के कति मात्रामा उत्खनन भएको हो प्राविधिकबाट नापजाँच गराई यथार्थ विवरण पेश गर्न नगर प्रमुखबाट आदेश दिनुपर्ने साथै उपप्रमुखले निरन्तर अनुगमन गर्नुपर्ने । – कार्यपालिकाको ठाडो नियुक्तिबाट नगरपालिकामा कर्मचारीहरू नियुक्ति गर्ने कार्य रोक्नुपर्ने । नगर प्रहरीहरू कति जनाको विज्ञापन गरी कति जना नियुक्त गरियो ? कार्यपालिका वैठकको निर्णय प्रमाणित प्रमुख प्रशासकिय अधिकृतले गर्नुपर्ने तर नगर प्रमुखबाट मात्र हुने गरेकोमा तत्काल निर्णय लेखी पछी थपघट गर्न नमिल्ने गरी का.पा. सदस्यलाई समेत सही गराई सामाजिक विकास अधिकृतकोमा नभई माईन्युट प्र.प्र.अ. सँग राख्ने पद्दतीको विकास गर्नुपर्ने । – कार्यपालिकाले निर्णय गर्नुपर्ने विषयमा प्रमुख प्रशासकिय अधिकृतसँग परामर्श गरी एजेण्डाबारे छलफल गर्नुपर्नेमा अन्य छाँया प्रतिनिधी कर्मचारीबाट प्राप्त सुझाव बमोजिम कार्य अघि बढाउन नमिल्ने । – आर्थिक सहायता दिँदा मापदण्ड बनाई मात्र दिनुपर्ने । कार्यविधी बनाई मात्र गर्नुपर्नेमा स्वविवेक प्रयोग गरी अधिकारको दुरूपयोग गर्न नहुने । – प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुख स्वयं De-Jure बनेर पूरानो कर्मचारी लाई De-Facto बनाएर नगरपालिका चलाउन नहुने । – कर्मचारी, प्राविधिक कर्मचारी लगायतको कार्य विभाजन सरूवामा नगर प्रमुख उपप्रमुखले हस्तक्षेप नगरी विशुद्ध रूपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्य गर्न दिनुपर्ने । – प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखालाई सतोसराप गर्नु भन्दा कामको प्रगति हेरी अझ रफ्तारमा काम गर्न उत्साहित गर्ने वातावरण बनाउनु पर्ने । – ७ दिन भित्र घर टहरा भत्काउने सूचना प्रकाशित गर्दा समेत प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी नै नगराईएको र यसरी गरिने निर्णय प्रतिको विश्वसनियता र प्र.प्र.अ. लाई नगरले दिने हैसियतको बारेमा समेत प्रश्न चिन्ह उब्जिएको ।

चौलागाँई भन्छन्— ‘मैले प्रस्तुत गरेका बुँदा गत सुझावले मेचीनगर नगरपालिकाको हित गर्छ कि गर्दैन ? यो घाम जत्तिकै स्पष्ट छ ’। उनले आफु पौष २५ गतेबाट आफ्नो कार्यालयमा रहेर नियमित काममा लाग्ने बताउँदै मेचीनगर नगरपाकिा भित्र कतै कुनै समस्या भए त्यसको समाधानका लागि नगरका जनप्रतिनिधिहरु सँग सल्लाह सुझावका साथ लागेर समाधानका लागि पहल गर्न तयार रहेको समेत बताए । उनले— मेरो चाहना भनेको सबैको मन जितेर धन्यवादको पुरस्कार जितेर जाने हो जति गर्छु मेचीनगरकै हितमा काम गर्छु भनेर आएको हुँ र सबैसँग सुमधुर सम्बन्ध बनाएर जान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button