खेलकुद

भारतले जित्यो न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज

तस्बिर: एएफपी
काठमाडौँ
न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज घरेलु टोली भारतले जितेको छ।

बुधबार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा न्युजिल्याण्डविरुद्ध १ सय ६८ रनको सानदार जित निकाल्दै भारतले सिरिज २-१ ले जितेको हो।

भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १२।१ ओभरमा ६६ रनमा अलआउट भयो।

न्युजिल्याण्डका ड्यारियल मिचेलले ३५ तथा कप्तान मिचेल स्यान्टेनरले १३ रन बनाउनु बाहेक ब्याट्सम्यानहरुले दोहोरो रन बनाउन सकेनन्।

त्यस्तै घरेलु टोलीको जितमा कप्तान हार्दिक पाण्ड्याले ४ तथा अर्शदिप सिंह,उमरान मल्लिक र शिभम माभीले समान २र२ विकेट लिए।

त्यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३४ रन बनायो।

ओपनर शुभमन गिलले ६३ बलमा अविजित १ सय २६ रनको शतकीय ईनिङ खेले। राहुल त्रिपाटीले २२ बलमा ४४ रन र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन बनाए। सुर्यकुमार यादवले १३ बलमा २४ रन बनाए।

न्युजिल्याण्डका माईकल ब्राकवेल,ईस सोधी,बिएर टिक्नर र ड्यारियल मिचेलले समान १र१ विकेट लिए।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button