मूल खबर

बैंक एकाउण्ट ह्याक गरी चार लाख चोरी, आठ जना पक्राउ

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्नलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी परिसर ललितपुर । तस्बिर : जिल्ला प्रहरी परिसर ललितपुर

गोरखापत्र अनलाइन
काठमाडौं । बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न रहेका आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो ।

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमार रहेका छन् ।

काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शाहले जानकारी दिनु भयो ।

उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटिएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेका आठै जनालाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button