सम्पादकीय

अब कहाँ जाने ? कसले सुन्ने ?

हामीले यो तस्विर फेसबुकबाट साभार गरेका हौँ । आजका आम नेपाली कृषकहरुको पिडालाई तस्विरले बोलेको छ । आफ्नै देशमा केही गरौँ भन्नेहरुकै यो अवस्था छ । भनिन्छ नेपाल कृषि प्रधान देश हो तर सबै भन्दा पिडा किसानहरुलाई नै छ । न समयमा मल पाउँछन् किसानले न उचित बजार व्यवस्थापन छ ! राज्यको स्पष्ट कृषि र किसान नीतिकै अभावले आज पसिना बगाउनेहरुले सडकमा आएर आफ्नो ब्यथा बोल्नु परेको छ । यसको जवाफ राज्यले दिनु पर्छ र मेहेनत र पसिनाले माटो सिंचन गर्ने मान्छेहरुका लागि उत्साहजनक कृषि नीति ल्याउनु पर्छ ।(यो तस्विर हामीले हाकिमसिं उप्रेतीको फेसबुकबाट सभार गरेका हौँ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button