कला

धुलाबारीमा नेवाः साँस्कृतिक कार्यक्रम

मेचीनगर / नेवार समुदायको संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा बृहत नेवा ः संस्कृति कार्यक्रम सम्पन्न भएको छ ।
नेवा दे दवू झापाको आयोजनामा सम्पन्न कार्यक्रममा जातिय कला, संस्कार र संस्कृति झल्कने खालका एकल तथा सामूहिक नृत्य, तथा संगीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रोजेक्ट बाजा नेपालको ख्याती प्राप्त कलाकारहरुको रोचक साँगीतिक प्रस्तुति रहेको थियो । स्वजन रधुवंशीको रत्न गणेश, अप्सरा एवं कात्तिक नृत्य, नेवा संस्कृति कुञ्ज धरानका कलाकारहरुको कुमारी नृत्य, गायक पुजन प्रधानको देशको माया राखांै छातिभरी बोलको गीत तथा विभिन्न कलाकारहरुको विशेष प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाएको थियो ।
नेवा दे दवू झापाका अध्यक्ष दिनेश शाक्यको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष शाक्यले नेवार समुदायको कला, संस्कार र संस्कृति संरक्षण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमको उद्घाटन नेवा ःदे दवू राट्रिय उपाध्यक्ष कृष्ण उदासले पानसमा दियो बालेर गरेका थिए । सो अवसरमा प्रदेश सांसद् श्रीप्रसाद मैनाली, मेचीनगर  उपप्रमुख मीना उप्रेती, नेवा दे दवूका केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, भरत श्रेष्ठ, राष्ट्रिय परिषद् सदस्य रमेश श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नेपाली काँग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर अध्यक्ष इन्द्रबहादुर बुढाथोकीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
सचिव तिलरुपा श्रेष्ठ र केसी श्रेष्ठले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने संस्कृति कार्यक्रमको सञ्चालन एलसी श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button