खबर

भारतको स्वतन्त्रता दिवसमा भारतमा निर्मित दुई हेलिकप्टरले पुष्पवृष्टि गर्ने

नयाँ दिल्ली– भारतले हरेक वर्ष अगस्ट १५मा मनाउने स्वतन्त्रता दिवसको अवसरमा यस पटक भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल)द्वारा निर्मित दुई हेलिकप्टरले लाल किल्लामा पुष्पवृष्टि गर्ने भएको छ । यो सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० औँ पटक लाल किल्लाबाट सम्बोधन गर्ने भएका छन् ।

यसअघि स्वतन्त्र दिवसमा रुसमा निर्मित हेलिकप्टरले पुष्पवृष्टि गर्ने गरेको थियो ।

यस वर्ष भारतमा निर्मित दुई एएलएच ध्रुव हेलिकप्टरहरू लाल किल्लामा भारतीय प्रधानमन्त्री मोदीले झण्डा फहराएपछि पुष्पवृष्टि गर्ने भारतीय रक्षा स्रोतलाई उल्लेख गर्दै भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

एचएएलले बनाएको दुई इन्जिन भएको हेलिकप्टर रक्षा सार्वजनिक क्षेत्र इकाईको महत्त्वपूर्ण उपलब्धि हो जसलाई भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गरेका थिए ।

१ हजार ८ सय विशेष अतिथि सहभागी हुने स्वतन्त्र दिवसमा यी हेलिकप्टरबाट पुष्पवृष्टिपछि भारतीय प्रधानमन्त्री मोदीले मन्तव्य दिने कार्यक्रम तय भएको छ ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button