
काठमाडौं । नेपाली चलचित्र ‘एक भागवत गीता’ ट्रेलर रिलिजसँगै शीर्षकका कारण विवादमा परेको छ । यो चलचित्रको नाम हिन्दु धर्मावलम्बीको पवित्र ग्रन्थ भागवत गीताबाट राखिएको र पवित्र ग्रन्थको आसयमा ठेस पु¥याएको भन्दै सम्बन्धित पक्षले यो शीर्षकमाथि आपत्ति जनाएका छन् ।
कृष्ण प्रणामी धर्मसँग सम्बन्धित एउटा समूहले भागवत गीता नाम परिवर्तन गर्न यो चलचित्रको निर्माण पक्षलाई दबाब दिएको छ । उनीहरूले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग पनि यो चलचित्रको नाम परिवर्तनका लागि अपिल गरेका छन् ।
चलचित्र एक भागवत गीताका निर्माता सुनिलकुमार थापाले शनिबार राजधानीसँगको भेटमा भने, ‘उहाँहरूले चलचित्रको नाम परिवर्तनका लागि अनुरोध गर्नुभएको हो । सो विषयमा चलचित्र विकास बोर्डले उहाँहरू र हामीलाई राखेर भोलि सोमबार छलफल गराउने भएको छ ।’
चलचित्रको नाम परिवर्तन गर्ने’bout राजधानीको जिज्ञासामा निर्माता थापाले भने, ‘चलचित्रमा हामीले यो नामको कत्ति पनि दुरुपयोग गरेका छैनौं र चलचित्र हेरेपछि सम्बन्धित पक्ष आफैंले पनि यो कुराको महसुस गर्नेछन् । अर्को कुरा भागवत गीता हाम्रो पवित्र धार्मिक ग्रन्थ भएकाले यो ग्रन्थलाई हामीले परित्ररूपमा लिएका छौं ।’ आपूmलाई यस्तो पवित्र ग्रन्थ’bout नराम्रो गरेको भए पक्कै पनि चलचित्र सेन्सर बोर्डले सो कुरामाथि अप्जेक्सन गर्ने पनि निर्माता थापाले बताएका छन् ।
भागवत गीताको संरक्षक र पवद्धर्कहरू सो पवित्र ग्रन्थमाथि जति गम्भीर र चिन्तित छन्, आफूहरू पनि त्यत्तिकै चिन्तित र गम्भीर रहेको पनि निर्माता थापाले बताए ।
आगामी २९ भदौबाट देशव्यापी रिलिज हुने यो चलचित्रको नामको अगाडि एक थपेर ‘एक भागवत गीता’ राखिएको छ । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यस अघि ‘ए’ अक्षरबाट नाम सुरु भएको झरनाका सबै फिल्म हिट भएकाले यो चलचित्रको नाम ‘ए’ अक्षरबाट सुरु गरेर ‘एक भागवत गीता’ राखिएको पनि निर्माता सुनिलले राजधानीलाई बताए ।
यो चलिचत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटी आइक्यू)को कथालाई प्रस्तुत गरिएको छ । यो चलचित्रको काठमाडौंमा एक समारोहबिच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रकी निर्देशक झरनाले ट्रेलर रिलिज समारोहमा आपूmले यो चलचित्रमार्फत लैंगिक अल्पसंख्यक समुदायको विविध समस्यालाई पीडालाई प्रस्तुत गरेको बताएकी छन् । सिनेमाको विषयवस्तु केही फरक भएको उनको दाबी छ ।
यो चलचित्रमा अभिनेता विपिन कार्की यौन अल्पसंख्यकको भूमिकामा छन् । उनीसँगै यो चलचित्रमा धिरज मगर, सुहाना थापा, अनुराग कुँवर, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झालगायतको शीर्ष भूमिका छ ।
जनकपुरको सेरोफेरोमा छायांकन गरिएको यो चलचित्रमा आधाजसो भाषा मैथली प्रयोग गरिएको छ । तर, सबैले बुझ्ने गरी मैथिली परिवेशको नेपाली भाषा यसमा राखिएको निर्माण पक्षले जनाएको छ ।
झरनाकै कथा रहेको यो चलचित्रमा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ । जसमा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा शैलेश श्रेष्ठको ब्याक ग्राउन्ड स्कोर रहेको छ । फिल्मको निर्माता अभिनेत्री सुहाना थापा हुन् ।राजधानी दैनिकबाट ।



