कलाखबर

मिस युनिभर्स नेपाल–२०२३ को उपाधि ग्यारेटलाई

काठमाडौँ । उमङ्ग क्रिएसनले आयोजना गरेको चौथो सिजनको एसियन पेन्ट मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । गोदावरीको कन्फ्रेन्स सेन्टरमा आयोजित एक समारोहमा मिस युनिभर्स–२०२३ को फिनाले सम्पन्न भएको हो । समारोहमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै जैन दीपिका ग्यारेट विजयी हुनुभएको हो ।

त्यस्तै फस्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, थर्ड रनरअप शीताष्मा पोख्रेल र फोर्थ रनरअप अभिलासा लम्साल हुनुभयो । विजयी प्रतिस्पर्धीलाई २०२२ की मिस युनिभर्स सोफिया भुजेलले ताज पहि-याउनुभएको थियो । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो ।एसियन पेन्स मिस युनिभर्स नेपाल–२०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, सङ्गीता पहाडी, आयुषा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति रहनुभएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button