काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणना अनुसार अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले ५१२ मत पाएका छन् । उनका प्रतिस्पर्धी विनोद ढकालले भने ४३० मत पाए । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजबंशी निर्वाचित भएका छन् ।प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो ।रिपोटर्स नेपाल बाट।



