
एजेन्सी – फिनल्याण्डले पहिलोपटक युरोकपमा स्थान बनाएको छ । तिमु पुक्कीको उच्च प्रदर्शनमा फिनल्याण्ड कुनैपनि ठुलो प्रतियोगितामा पहिलोपटक छनोट भएको हो ।
इंग्लिस क्लब नर्विच सिटीका फरवार्ड पुक्कीले छनोट प्रतियोगितामा पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । शुक्रबार राति भएको खेलमा पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरो छनोटमा शुक्रबार राति लिचेस्टाईनलाई ३–० ले पराजित गर्दै युरोकपमा स्थन बनाएको हो ।
तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।
समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्यो । उसले एक खेल बाँकी रहदाँ तेस्रो स्थानको ग्रिससंग ७ अंकको अग्रता लियो ।

यता, दुई खेल बाँकी रहँदै युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले शतप्रतिशत जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘जे’ को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले पराजित गर्दै छनोटमा शतप्रतिशत नतिजा निकालेको हो ।
इटालीले सहज जितमा फ्रान्सिस्को एसरबी, लोरेन्जो इनसिग्ने र एन्ड्रियो बेलोटीले गोल गरे । खेलको २१औ मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ३७औं मिनेटमा लोरिन्जो इनसिग्नीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनायो ।
एन्ड्री बेलोटीले ५२ औ मिनेटमा गोल गर्दै इटालीलाई ३–० को सहज जित दिलाए । जितसँगै छनोटमा इटालीले ९ खेलबाट २७ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । बोस्निया १० अंक सहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।hamrokhelkud



