कला

बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने

काठमाडौँ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन् । चलचित्रले बाबुछोरीको मार्मिक कथा पस्कने हुँदा निर्माण पक्षले यस्तो घोषणा गरेको हो । त्यस्तै कुनै पनि ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा तीनवटा टिकट निःशुल्क पाउने कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिनुभयो । यसले नेपाली चलचित्रको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै चलचित्रभित्र प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, “म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।”

चलचित्रमा डेब्यु अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरे तथा बाल कलाकार आयुशी ढकालको अभिनय रहेको छ । चलचित्रलाई आशिष थापामगरले निर्माण गर्नुभएको छ । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको चलचित्रको सङ्गीतकार राजनराज सिवाकोटी हुनुहुन्छ । महेश पौडेलले छायाङ्कन गर्नुभएको चलचित्रमा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button