सृजनाको चौतारी

धोती र टोपी

कविता

पहाड भन्छ ,शिरमा लाउनु,
ढाकाको यो टोपी।
तराई भन्छ, कम्मर तल,
लगाउनु यो धोती।
धोती र टोपी, जे भएनी,
एउटै हो दाजु भाइ।
पहाडलाई ,चोटपरेमा,
दुख्द छ तराई लाई।
धोती र टोपी, दुवै भाइको,
खुन रातै हुन्छ है!
यि दुवै भाइको, मनमिलेमा,
यो देश बन्छ है।
हिमाल,पहाड ,तराई यहाँ,
बिभिन्न जाती छन् ।
यो देश बिकाश, गर्नका लागि ,
एउटै छ सबको मन।।
पहाड मा हुन्छ ,जे जे, उन्नति,
तराईले खादछ।
तराई फाँटमा, फलेको चिज,
पहाड मै जादछ।
बिश्व मै सुन्दर, देश छ हाम्रो ,
प्रकृती सृष्टि हो।
हरियाली यहाँ, झर्ना र छहरा,
ईश्वरको दृष्टि यो।
संसारमा उच्च, छ हाम्रो देशको,
उत्तर हिमाल,
बिर पुर्खाले ,आर्जेको मुलुक,
यो हाम्रो नेपाल।
यिनैको काखमा, बसेर हामी,
जिविका गर्ने हो।
जन्मेको यहि, हुर्केको यँहि
यहि देशमा मर्ने हो।
समाप्त
काकडभिट्टा झापा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button