खबर

नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दै

काठमाडौं । यतिबेला नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ । नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ ।

विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस्थापनमा हुन लागेको वाम अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । नेपाली समयअनुसार नेपालको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालकाे अर्को ‘वाम अप’ माघ २ गते वेस्ट इन्डिजविरुद्ध हुनेछ ।

नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ । दुई खेलमा नेपालले दुई जित निकालेको हो। स्कटल्याण्डमाथि एक सय ३५ रनको सहज जित निकालेको नेपालले नामिबियाविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको थियो ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button