खबर

दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु

शिवराज ढुङ्गाना

अछाम। दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।

घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिनुभयो । जनकको रूख च्यापिएर मृत्युको खबर अबेर जानकारी पाइएको बताइएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button