सृजनाको चौतारी

उनिहरु हिजो !

कविता

उनिहरु हिजो !
बुट बजारेर आंउथे
हतियार लिएर आंउथे
र, उनिहरु सोझै निलो झण्डा लिएर आंउथे….
त्यसैले तिमी उनिहरुलाई चिन्न सक्थ्यौ,
आज, समय बदलिएको छ !
उनिहरु बुट त बजार्छन – नेपाली दलाल लगाएर,
हतियार चलाउंछन- नेपाली दलाल लगाएर,
उनिहरु निलो झण्डा फहराउंछन
त्यो पनि राजनिति भित्रका नेपाली दलाल लगाएर….
त्यसैले तिमी छुट्याउन सक्दैनौ- उनिहरु कसरी आए,
अप्ठ्यारोमा छ देश !
सांच्चिकै भंयकर अप्ठ्यारोमा छ…
यो अप्ठ्यारो युद्धको छांयामुनी छ
युक्रेनपथमा लम्किरहेको छ
एमसिसी हुंदै गंभिर संकटतर्फ हिंडिरहेको छ
सबै नंया भएर आएका छन
नंयालाइ चिन्न पुरानो चश्मा फुटाउ
पुरानो चश्मा तोड्नु भनेको
आफू भित्रको पुरानो पन बिरुद्ध लड्नु हो
पुरानोपन बिरुद्ध लड- त्यो भनेको तिमिले दुश्मन चिन्नु हो,
दुश्मन चिन्यौ भने तिम्रो जीत शुनिश्चित छ
तिमिले जित्नु भनेको यो देशले जित्नु हो….
म यो देशलाई जिताउन चाहान्छु
त्यसैले, म मेरो पुरानो चश्मा फुटाइरहेको छु ….

(फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button