
१
अभियन्ता बिरामी छन् नाम नचलेर।
टिकटक बिना कुनै काम नचलेर।
रुने,हाँस्ने खेल सक्यो मनोरोगी भए।
कमाइको भरपर्दो दाम नचलेर।
२
जालझेल गरी टन्न कमाउने देखियो।
कमाउन पाएपछि रमाउने देखियो।
कालान्तर धुरीबाट पाप कराउँदा,
आफ्नै थाप्लो निचोरेर समाउने देखियो।
३
अस्पताल भर्ना भए रोग ठुलै रहेछ।
अपराधी भ्रष्टाचारी योग ठुलै रहेछ।
उपचार गरीगरी बस्न मस्त पाइने।
नपुगेर झ्यालखाना भोग ठुलै रहेछ।
४
रोग,शोक लुकाएर लुक्न सक्छ र?
रोग लाज पचाएर झुक्न सक्छ र?
देखाउनु पर्छ मित्र! रोग,शोक दुबै।
देखेपछि मानवले थुक्न सक्छ र?
५
शुभ कर्म गर्न सकूँ हात फिँजाएर।
शुभ बात बोल्न सकूँ बात फिँजाएर।
मृत्यु जिती मुक्त हुन लोभ मोहदेखि,
च्याती पर्दा तमसोमा रात फिँजाएर।
(फेसबुकबाट साभार)


