
मुक्तक
१)
बाँचुञ्जेल गर्ने मात्र आस रहेछ।
भोग्यो दु:ख जताततै त्रास रहेछ।
लोभानी र पापानीको कुरै छोडौँ साथी!
जिन्दगानी खरानीको रास रहेछ।
१)
जिन्दगीमा भोग्ने दिन कालो आएको छ।
बासी होइन दु:ख पीडा आलो आएको छ।
कुमालेको चक्र घुमी फनफनी आफ्नै अघि,
हिजो तिम्रो आज मेरो पालो आएको छ।
३)
अपराधी छुटाउन चलखेल हुन्छ।
बन्दकोठाभित्र हेर ठुलै झेल हुन्छ।
नौटङ्की हुन् सबै कुरा दृष्टिपात हुने।
चोर अनि पुलिसको पनि मेल हुन्छ।
४)
अदालत नेता कहिँ पनि दोषी देख्दैनन्।
देखे पनि फैसलामा नाम थर लेख्दैनन्।
पाउ मोली सर्वोच्चको कुर्सीमाथि बसेपछि।
सजायमा यति उति भनी पनि रेख्दैनन्।


