
काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र देखिएका असमझदारीहरु मेटिएको बताउनुभएको छ ।
बिहीबार महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको बताउनुभएको छ ।
उहाँले महासमिति बैठकले पार्टी नेता तथा कार्यकर्ताहरुका बीचमा वृहत एकता भएको र असमझदारीहरु मेटिएको बताउनुभयो । उहाँले अब काँग्रेसले एउटा लाइन बसाल्ने र आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउनेगरी पार्टीको संगठन परिचालन हुने बताउनुभयो ।
उहाँले मुलुकमा देखिएका समस्या समाधान गर्ने क्षमता काँग्रेससँग मात्रै रहेको बताउनुभयो । उहाँले काँग्रेस मुलुकको राजनीतिको पथप्रदर्शक भएको उल्लेख गर्नुभयो ।जनता समाचार



