सृजनाको चौतारी

मानवपुस्तकका रूपमा भट्टराई र पौडेल

काठमाडौं । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र र मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको मानव पुस्तकको एक्काईसौंं शृंखलामा साहित्यकारद्वय प्रा.प्रयागराज भट्टराई ‘वाशिष्ठ’ तथा बाजुराम पौडेल मानव पुस्तकका रूपमा रहनुभएको थियो । शनिबार सुकेधारा धोवीखोला किनारस्थित नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिनल केन्द्रको कार्यकक्षमा आयोजित कार्यक्रमको सभापति उक्त पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्त रहनुभएको थियो ।

कलानिधि दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मानवपुस्तक भट्टराई तथा पौडेलले आ–आफ्ना जीवन भोगाई र अनुभव प्रस्तुत गर्नुभएको थियो भने साहित्यकार प्रा.पुरुषोत्तम दाहालले अधिकांश नेपालीहरूको जीवन शून्य अवस्थाबाट सुरु हुने बताउँदै यस नवपुस्तकालयले निरन्तर रूपमा यस प्रकारको कार्यक्रम गरिरहेकोमा प्रशंसा गर्नुभयो । उहाँ मानवपुस्तकका रूपमा पहिले नै प्रस्तुत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।

कार्यक्रमको दोस्रो चरणमा साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । कविता वाचन गर्ने कविहरूमा विनोद दाहाल वत्स, निर्मलरमण पराजुली गंगा पौडेल कर्माचार्य, मेनका दंगाल, कल्पना दाहाल, तेजनाथ दंगाल, सुचिता काफ्ले, महेशप्रसाद रिजाल, सुन्दर खड्का, बाजुराम पौडेल, रजनी खत्री (बस्नेत) तथा हरिभक्त सिग्देल महेश हुनुहुन्थ्यो । युवराज मैनालीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको अन्त्यमा सभापति पन्तले सभापतिको मन्तव्यसहित सभा विसर्जन गर्नुभएको थियो ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button