कला

दीपिका आमा बन्दै

एजेन्सी ।

आमा कहिले बन्ने प्रश्नले हैरान बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाहको ६ वर्षपछि खुसीको खबर दिने भएकी छन्।

दीपिका र उनका पति रणवीर सिंहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पास्ट सेयर गर्दै आफूहरू आगामी सेप्टेम्बरमा आमाबाबु बन्न लागेको जानकारी दिएका हुन्।

केही समयअघि सम्पन्न बाफ्टा अवार्ड होस्ट गरेकी दीपिकाको बाफ्टा लुकको निकै चर्चा भएको थियो भने उनको शरीरिक अवस्थामा आएको परिवर्तनका कारण उनी आमा बन्न लागेको अड्कल गरिएको थियो।

विवाह गरेको लामो समयसम्म आमा नबनेपछि उनका फ्यानले उनी आमा नबनेकोमा ट्रोलसमेत बनाउने गरेका थिए भने धेरैको प्रश्न आमा कहिले बन्ने भन्ने रहन्थ्यो।

यही क्रममा केही समयअघि दीपिकाले आफूलाई आमा बन्ने रहर जागेको भन्दै आफू र अभिनेता पति रणवीर सिंह आमाबाबु बन्ने दिनको पर्खाइमा रहेको बताएकी थिइन्।

६ वर्षअघि इटालीको लेक कोमोमा विवाह गरेका उनीहरूले पहिला कोकणी र पछि सिन्धी परम्पराअनुसार विवाह गरेका थिए। रणवीर र दीपिकाको विवाह बलिउडको महंगो विवाहमध्ये एक भएको चर्चा गरिन्छ।

राजकीय शैलीमा आयोजना गरिएको विवाहमा दीपिकालाई रणवीरले करिब २० करोड भारतीय रुपियाँको हिराको मंगलसूत्र दिएका थिए भने उनीहरूको विवाहमा ९५ करोड भारतीय रुपियाँ खर्च भएको थियो।

दीपिकाले पछिल्लो समय फिल्म फाइटरमा अभिनय गरेकी थिइन्। जसमा उनको अपोजिटमा अभिनेता ऋतिक रोशन थिए।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button