
कविता
अंगालोमा बॉध मलाई
यो दिलको होलीमा
भुलौ पुराना दुश्मनो
गरौ प्यार यो होलीमा l
साथी संगीलाई बोलाएर,
सजाऔ यो महा उत्सब
गीत संगीतलाई सजाउ ,
कवि दरबार यो होलीमा l
प्रेम प्यालामा सजाएर ,
सुन्दर गीत गाउ है
मनको वह निकालेर ,
फ़्याक रंग होलीमा l
वाल बृद्ध युवा मिलेर
मनाऔ आज दिल खोली
पारिवारिक माहौल हो यो ,
तिहार हो पावन होलीमा l
भुलेर पनि नघोटनु कही ,
भाँङ धतुरो यस पटक
आफ्नो गीत र संगीतको ,
होस महा जात्रा होलीमा l
फागु आउने छ ज़ब जब,
जाग्ने छ सुन्दर आशा मनमा
हुने छ यो दिल मन मगन
चारैतिर मन मस्त होलीमा l
मौज मस्ती चाहने हो गर ,
आज दिल खोलेरै तिमी
भुलेर पनि नखेल्नु कसैसंग ,
इच्छा बिना रंग होलीमा l


