
कविता
यो गर्म हावा आएर,
उदास मनलाई जलाएर जान्छ
अश्रुले भिजेका यी सबै ,
स्मृतिलाई मेटाएर जान्छ …l
मनको यो लगाव अति ,
जर्जर भएर चलेको छ ,
यसै हावाको चोटले ,
उ ठक्कर खाएर ढलेको छ …l
एक्लै बसेर यादहरुले ,
एक प्रतिबिम्ब बनाउने छ ,
आएर गर्म ती धूल कणले ,
यसलाई धमिलो बनाएको छ …l
यी उदासिपनमा एक,
आशा पनि छ झिनो ,
आएर यो हावाले उसलाई ,
आफ्नो साथ लिएर जाने छ … l
यहाँ एकान्तमा म एक्लै छु ,
मेरो बितेका समयहरु छ ,
यो हावा सफा लाग्दैन हकतै ,
जो बतासमा उड़ेर जाने छ … l


