खबर

समाजमा नकारात्मक असर पार्ने दृश्यहरु प्रत्यक्ष प्रशारण नगरौं : नेपाल प्रहरी

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आईतवार काठमाडौंमा अपराधिक घटनाको समाचार संप्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्युनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराउनुभयो। उहाँले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पु¥याउने खालका समाचार प्रशारण गर्न उपयुक्त नहुने तर्क समेत गर्नुभयो ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button