सृजनाको चौतारी

महेन्द्रका ५ मुक्तक

१    प्रशासन सधैँभरि चुस्त हुनुपर्छ।
चियोचर्चो नचाहिँदो सुस्त हुनुपर्छ।
व्यवहार मुस्कानले भरिएर गर्ने,
कार्यभार बराबर कुस्त हुनुपर्छ।

२    सिकिएन जिन्दगीमा चाट्न तलुवा।
न त लुकी छिपी कुनै साट्न तलुवा।
स्वाभिमानी अहङ्कारी स्वभावैले हो कि?
जिन्दगीको आफ्नै लाग्यो फाट्न तलुवा।

३      साँचो बोल्दा एक्लै भए डर केको मित्र
अप्ठ्यारोमा साथ छैन भर केको मित्र
एक्लै हुन्छौ स्वाभिमानी हुन खोज्दा पनि।
घाम पानी नछेकिने घर केको मित्र

४   गहुँ पिस्न खोज्दा खेरि घुन पिसियो।
अनाहक सिदेसिधा नुन पिसियो।
प्रशासन स्वार्थी भयो दुबै आँखा चिम्ली।
अनि पो त निर्दोषको खुन पिसियो।

   टुप्पाबाट कुनै कुरा पलाएमा के होला?
त्यही टुप्पामा ठुलै झुप्पा फलाएमा के होला?
हावाहुरी आउन सक्छ जिन्दगीको यात्रामै।
जरै समेत हल्लाएर चलाएमा के होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button