मूल खबर

नेपाल–चीनका प्रतिनिधिबिच दुई पक्षीय छलफल

काठमाडौं । चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबिच व्यापार बिस्तारबारे आज यहाँ दुई पक्षीय छलफल भएको छ।

साइनो नेपाल मिडिया सोसाइटीको आयोजनामा भएको छलफलमा दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावना बारेमा छलफल भएको हो ।

नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको छ । कार्यक्रममा व्यापार, संस्कृति, पर्यटनसम्बन्धी सहयोग र ज्ञान आदान–प्रदानबारेमा छलफल भएको छ ।

दुई देशको बिचमा व्यापार, संस्कृति, पर्यटनसम्बन्धी सम्भावनाका रहेकाले दुई पक्षीय हितका लागि समन्वयात्मक भूमिका खेल्न आवश्यक रहेको बुझाई दुवै देशका प्रतिनिधिहरुको छ ।

सो क्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले नेपाल र चीनको पहाडि तथा हिमाली वातावरण समान रहेकाले त्यहाँ र यहाँ उत्पादन भएका र हुनसक्ने जडिबुटी तथा अन्य उत्पादनमा सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको करिब ११ सय किलोमिटर भूभाग चीनसँग जोडिएकाले प्राकृतिक तथा आयुर्वेदिक वस्तुमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

भौगोलिक, धार्मिक तथा प्राकृतिक रुपले पनि नेपाल र चीनबीच सम्बन्ध बलियो बन्ने आधार रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “चीनको काउन्टी र प्रिफेक्चर (प्रान्त) सँग नेपालको स्थानीय सरकारबिच भगनी सम्बन्ध कायम गरेर काम गर्न सकिन्छ ।”

नेपाल आयुर्वेदिक औषधी उत्पादक संघका अध्यक्ष सुमन पाण्डेले नेपालको चिया तथा कफीको स्वाद तिब्बती नागरिकले मन पराउने भएकाले निर्यातको राम्रो सम्भावना रहेको बताउनुभयो । यहाँ उत्पादित यार्सागुम्बा, जिटामसीदेखि अन्य जडिबुटीबाट बन्ने आयुर्वेदिक औषधीको निर्यात हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

सो अवसरमा चिनिया प्रतिनिधिको तर्फबाट निमा, सिलुङ क्वीन्पी, ली वेय लगायतले त्यहाँको उत्पादन र नेपालसँग गर्न सकिने सहकार्यका बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै नेपाली प्रतिनिधिको तर्फबाट पून्यप्रसाद पराजुली, टेकप्रसाद लुइटेलले नेपालको जुनार र सुन्तलाको निर्यात तिब्बतमा गर्न सक्ने राम्रो सम्भावना रहेको चर्चा गर्नुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button